मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ


२५ चैत्र २०८०, आइतबार


काठमार्डाैँ । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् ।

अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए ।  

अधिकारीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे)लाई विनाविभागीय मन्त्रीका रूपमा  नियुक्त गरेर शपथ दिलाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस