गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा लागिपर्छौँ : मन्त्री शर्मा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा लागिपर्छौँ : मन्त्री शर्मा


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आफूहरू बेथिति र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन् ।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उनले बेथिति र गलत प्रवृत्तिविरुद्ध अन्तिम समयसम्म लडिरहने बताइन् ।

विशेषगरी आइटी क्षेत्रमा सीमित व्यक्तिको हालीमुहाली रहेको र त्यसलाई तोड्न खोज्दा पटक-टक मुद्दा मामिला बेहोर्नु परेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएको सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न सञ्चार मन्त्रालय र मातहतका निकायहरू जोडतोडका साथ लागिपरेको उनको भनाइ थियो ।

आमसञ्चारका क्षेत्रमा सञ्चार मन्त्रालयले अहिले बढीभन्दा बढी काम गरिरहेको भन्दै मन्त्री शर्माले मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले सबै प्रकारका मिडियालाई संरक्षण, नियमन गर्न सक्ने बताइन् ।

‘मन्त्रालयले तयार पारेका विभिन्न ऐन कानुन कार्यान्वयनमा आएपछि आमसञ्चार क्षेत्रमा आमूल परिवर्तन हुन्छ’, मन्त्री शर्माले भनिन्, ‘सञ्चार मन्त्रालयमा भएका कामले वर्तमान सरकारले गरेका सुशासन, र समृद्धि लक्ष्यलाई साथ पुग्दै आएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस