दिपक मनाङेसहित मुख्यमन्त्री अधिकारीले ३ सदस्यीय मन्त्रिपरिषद् बनाउँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दिपक मनाङेसहित मुख्यमन्त्री अधिकारीले ३ सदस्यीय मन्त्रिपरिषद् बनाउँदै


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने भएका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सभामुखलाई पनि समावेश गरिएको भन्दै काँग्रेस सर्वोच्च जाने तयारी गरिरहेको छ भने अधिकारीले शपथ लिएसँगै ३ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।

अधिकारीले माओवादीबाट १ जना र एकीकृत समाजवादीका दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् । मुख्यमन्त्रीको शपथसँगै अन्य २ जनालाई बिना विभागीय मन्त्री नियुक्त गर्ने तयारी रहेको एमालेका एक नेताले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस