एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला निर्वाचित « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला निर्वाचित


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

आइतबार बिहान सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला अर्को कार्यकालका लागि भारी मतसहित विजयी भएका हुन्।

उनले दुई सय ५५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी हर्कबहादुर राईले एक सय २५ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा आशकुमार राई दुई सय ७७ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गरे। सचिवमा कल्पना राई, उपसचिव खुलामा मिङमाछिरी शेर्पा, सहसचिव महिलामा मोहनकुमारी कार्की विजयी भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस