रास्वपाले बोलायो संसदीय दलको बैठक   « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रास्वपाले बोलायो संसदीय दलको बैठक  


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । 

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरवारमा आइतबार साँझ ५ बजे बस्ने तय छ । 

बैठकमा संसदको कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

यस्तै, संसदमा प्रस्तुत विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेण्डा रहेको परियारले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस