अछाम-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलन वैशाख १५ गते हुने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अछाम-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलन वैशाख १५ गते हुने


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछाम-काठमाडौँ सम्पर्क समन्वय समितिको जिल्ला सम्मेलन आगामी वैशाख १५ गते काठमाडौँमा हुने भएको छ । 

अछाम-काठमाडौँ सम्पर्क समन्वय समिति र सुदूरपश्चिम सम्पर्क समन्वय समितिका पदाधिकारीको हिजो (शनिबार) काठमाडौँमा बसेको बैठकले वैशाख १५ गर्ने निर्णय गरेको हो । पार्टीको केन्द्रीय अभियान र सम्पर्क समन्वय समितिलाई नयाँ ऊर्जा र नेतृत्वका साथ अगाडि बढाउने उद्देश्यका साथ सम्मेलन हुन लागेको सम्पर्क समितिका अध्यक्ष राजन विश्वकर्मा (रमेश)ले जानकारी दिए।

साथै, अध्यक्ष विश्वकर्माले उक्त सम्मेलनलाई उत्साह र भव्यताका साथ सफल पार्न काठमाडौँमा क्रियाशील सम्पूर्ण संगठन, नेता, कार्यकर्ता, भूगोल पार्टी सहित सम्पर्क समन्वयको केन्द्रीय र प्रदेश समितिलाई सहयोगका लागी अपिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस