सहकारी ठगीमा संलग्न नेताहरुले छानबिन समिति बन्न दिएनन् : नेता महर  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सहकारी ठगीमा संलग्न नेताहरुले छानबिन समिति बन्न दिएनन् : नेता महर 


२४ चैत्र २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन हुन नसकेको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद् भेलालाई बिराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएको र मन्त्रिपरिषदमा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताए ।

‘विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानबिनका लागि आवाज उठाइरहेका छौँ । तर, सरकार अटेरी गरिरहेको छ । किनकि सरकारमा प्रधानमन्त्री भन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्,’ महरले भने । 

त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताए। सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याबिनेट नै अपराधिको संगठन जस्तो रहेको महरले आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस