श्रीलंकनलाई बन्धक बनाउने चार पाकिस्तानी काठमाडौँबाट पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

श्रीलंकनलाई बन्धक बनाउने चार पाकिस्तानी काठमाडौँबाट पक्राउ


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । श्रीलंकन नागरिकहरूलाई काठमाडौँ ल्याई बन्धक बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोही ठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।

उनीहरु सबैलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको ठमेलबाट पक्राउ गरेको हो  । उनीहरूले श्रीलंकन नागरिकलाई युरोपका विभिन्न देश पठाइदिने भन्दै प्रलोभन देखाएर काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोप लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस