दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई दोस्रो सफलता  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई दोस्रो सफलता 


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सविरुद्द टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल ‘ए’लाई दोस्रो सफलता मिलेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै ब्याटिङ गरेको उल्भ्सले पहिलो ओभरमै १ विकेट गुमाएको थियो । कमलसिंह ऐरीको बलमा उल्भ्सका जेम्स म्याकोलमलाई शाहब आलमले रन आउट गराए । 

यस्तै, चौथो ओभरको पहिलो बलमा उल्भ्सका स्टीफन डोहेनी पनि बोल्ड आउन भएका छन् । उनलाई शाहब आलमले आउट गरे । डोहेनी आउट हुँदा उल्भ्सले ११ रन थियो । चौथो ओभरको सकिँदा उल्भ्सले २ विकेटको क्षतिमा १२ रन बनाएर खेलिरहेको छ ।  

नेपाल पहिलो खेलमा २१ रनले उल्भ्ससँग पराजित भएको थियो । नेपाल ‘ए’को प्लेइङ ११ : विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल ।

नेपालको बेन्च : रञ्जित कुमार, रुपेशसिंह, अर्जुन कुमाल र विकाश आग्री ।

Tags :
प्रतिक्रिया दिनुहोस