आज नेपाल र बरोडा भिड्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आज नेपाल र बरोडा भिड्दै


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । भारतमा जारी फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज बरोडासँग खेल्दैछ। 

लिग चरणको अन्तिम खेल नेपाली समयअनुसार २:४५ बजे मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ। 

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनमा पुगिसकेको छ भने बरोडा भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ। नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ट लयलाई समात्दै बरोडालाई २७ रनले पराजित गरेको थियो। 

तेस्रो खेलमा बुधबार गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको थियो। नेपालले शतप्रतिशत जितसहित ६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ। दुवै खेलमा बरोडालाई पराजित गरेको गुजरातको भने ४ अङ्क रहेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस