२३ शाखा अधिकृतको सरुवा(नामावलीसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२३ शाखा अधिकृतको सरुवा(नामावलीसहित)


२२ चैत्र २०८०, बिहिबार



काठमाडौँ । २३ जना शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत शाखा अधिकृत विष्णु प्रसाद शर्माको प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश सरुवा गरिएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मोहन सिंह दर्जीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय योजना आयोगमा काईरत प्रीति सुवेदीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा दरबन्दी रही मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत, कर्णाली प्रदेशमा काज रहेका हितप्रसाद पौडेलको गृह मन्त्रालयमा सरुवा सरुवा गरिएको छ भने सामान्यकै अतिरिक्त समूहमा रहेकी कल्पना अर्याललाई निर्वाचन आयोग पठाइएको छ ।

राष्ट्रिय दलित आयोगमा कार्यरत भोजराज श्रीपाईलीलाई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृहका दिपेन्द्र रावललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही विज्ञापन बोर्डमा काजमा कार्यरत अजय राजवंशीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय खटाइएको छ भने सामान्यकै अतिरिक्त समूहमा रहेकी कुमारी तारा घिमिरेको विज्ञापन बोर्डमा काज सरुवा गरिएको छ ।

यसैगरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा काजमा रहेका प्रकाश न्यौपानेलाई निर्वाचन आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पुन्देव कुमार साहलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही निजामती कर्मचारी अस्पतालमा काजमा कार्यरत प्रज्ञा ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालयमा कार्यरत उर्मिला खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेश, कास्कीमा कार्यरत प्रमीला गौतमलाई राष्ट्रिय दलित आयोग, गृहका पवन अर्याललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रदिप कुमार खड्कालाई गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य मन्त्रालयको अतिरिक्तमा दरबन्दी रही निजामती कर्मचारी अस्पतालमा काजमा कार्यरत धर्मराज आचार्यलाई चिकित्सा शिक्षा आयोग सरुवा गरिएको भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका गौतम घिसिङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गर्दै काजमा निजामती कर्मचारी अस्पताल खटाइएको छ ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सुरेन्द्र थापालाई राष्ट्रिय योजना आयोग, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राजन पाण्डेलाई गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा कार्यरत मेघराज सोनीलाई राष्ट्रिय योजना आयोग, राष्ट्रिय सतर्कता केन्द्रकी निकाश रेग्मीलाई शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भनु भक्त जोशीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको विवरण प्रशासन डटकमलाई प्राप्त भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस