२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. बाबुराम भट्टराईले भने-‘प्रचण्ड’ले सांसद पदबाट राजीनामा दिनुपर्छ 

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

गोरखा-२ मा नेपाली काँग्रेसका कार्यकर्ताको मतको मद्दतमा चुनाव जितेर धोका दिनु राजनीतिक रूपले अनैतिक ठहर्ने उनले बताए ।

‘प्रचण्ड’ले जुन गठबन्धनबाट चुनाव लड्नुभयो त्यसलाई अर्को निर्वाचनभन्दा पहिले छाड्नु राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैन’, बिहीबार गोरखामा पत्रकारहरूसँग उनले भने, ‘उहाँले पूर्व गठबन्धनलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा निर्वाचन जित्नुभएको छ उनीहरूलाई धोका दिएको ठहर्छ । त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिएर नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’

गोरखा-२ बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र हो ।

‘प्रचण्ड’को राजनीति विचार र मुद्दाका लागि भन्दा पनि विशुद्ध सत्ता स्वार्थको लागि भएको उनले बताए । विगतमा पार्टीभित्रको सत्तामुखी रहेका प्रचण्ड अहिले राज्यको सत्तामुखी बनेको उनको आरोप छ ।

‘विगतको मेरो उहाँसँगको सहकार्यले के देखाउँछ भने उहाँ असाध्यै पार्टीको सत्तामुखी अब राज्यको सत्तामुखी देखिन थाल्नुभयो । उहाँले के गर्नुहुन्छ भनेर पहिले अनुमान गर्न गाह्रो छ । आफ्नो सत्ता र शक्तिका लागि जे पनि गर्न सक्नुहुन्छ,’ भट्टराईले भने ।

प्रधानमन्त्रीको कुर्सीलाई केन्द्रमा राखेर प्रचण्डले गठबन्धन परिवर्तन गर्ने गरेको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारको सन्दर्भमा कुरा गर्दै भट्टराईले माओवादी केन्द्रलाई सहयोग गर्न नसक्ने बताए । कसलाई सहयोग गर्ने भन्ने विषयमा आवश्यकताका आधारमा निर्णय गर्ने उनले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म माओवादी केन्द्रले हामीलाई षड्यन्त्रमूलक ढङ्गले धोका दिने काम गरेको र उसका गतिविधि अलोकतान्त्रिक देखिएका छन्, त्यसैले तत्काल उनीहरूलाई साथ दिन सक्ने अवस्था छैन ।’

नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनलाई सहयोग नगरेमा गठबन्धन भन्दा बाहिर बहुमत पुग्ने अवस्था छ ।

अहिले काँग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठन आह्वान भएको छ । नयाँ सरकार गठनका लागि काँग्रेसलाई सहयोग गर्ने वा नगर्ने पनि निर्णय भई नसकेको भट्टराईले बताए । ‘अर्को पक्षसँग पनि हाम्रो कुरा मिल्छ मिल्दैन टुङ्गो छैन । त्यसैले केही समय पर्ख र हेर कै अवस्थामा छौ’, उनले भने ।