गृह मन्त्री लामिछाने र मेयर बालेन साहबीच भेटवार्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गृह मन्त्री लामिछाने र मेयर बालेन साहबीच भेटवार्ता


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसँग भेटवार्ता गरेका छन् ।

बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा मारेको थियो । सोही समयमा गृहमन्त्री लामिछानेले मेयर बालेनलाई कार्यकक्षमा बोलाएर भेटेका हुन् ।

मेयर बालेनको सचिवालयले गृहमन्त्री लामिछानेसँग समसामयिक विषयमा भेट गरेको जनाएको छ ।

महानगरपालिकाले गृहमन्त्री पत्नी आबद्ध सहकारीमा छापा मार्नु र मेयर बालेनले गृहमन्त्री भेट्नुमा कुनै अन्तरसम्बन्ध नरहेको ती सचिवालय सदस्यले दाबी गरे ।

अनुगमन समितिका एक सदस्यका अनुसार २०७६/७८ मा निकिता पौडेल उपाध्यक्ष हुँदा उक्त सहकारीको महत्त्वपूर्ण कागजात फेला परेको थिएन ।

काठमाडौँ महानगरपालिकाले गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल निवर्तमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस