न्यायाधीश भुवन गिरीको मुद्दामा बहस नोट पेश गर्न आदेश « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

न्यायाधीश भुवन गिरीको मुद्दामा बहस नोट पेश गर्न आदेश


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । न्यायाधीश भुवन गिरीविरुद्धको बलात्कार मुद्दामा आज जिल्ला अदालत काठमाडौँले गर्ने भनेको फैसला टरेको छ । मुद्दाको अन्तरवस्तुमा न्यायाधीश नै अल्मलिएपछि बहस नोट पेश गर्न आदेश दिएका छन् ।

न्यायाधीश गिरीकी पत्नी आरतीले पतिविरुद्ध सुरुमा जिल्ला अदालत कपिलवस्तुमा वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । उक्त मुद्दाको फैसला नआउँदै उनले काठमाडौँ जिल्ला अदालतमा बलात्कारको मुद्दा हालिन् । दोस्रो मुद्दामा उनले आफूहरूको सम्बन्ध विच्छेदको मुद्दा अदालतमा चलिरहँदा कोठामा आएर गिरीले बलात्कार गरेको दाबी गरेकी छन् ।

कानूनअनुसार कुनै पनि श्रीमानले श्रीमतीको इच्छा विपरीत जबरजस्ती यौन सम्बन्ध राखेको खण्डमा वैवाहिक बलात्कार मानिन्छ । तर, दुई जनाको सम्बन्ध विच्छेदको मुद्दा दायर भइसकेको अवस्थामा जबरजस्ती सम्बन्ध राखेमा त्यो बलात्कार हुन्छ । आरतीले श्रीमानमाथि दुवै मुद्दा हालेकी छन् ।

 दुवै पक्षबाट बहस नोट प्राप्त भइसकेपछि पेशी तोकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस