ट्राफिक प्रहरीलाई ठक्कर दिने बसका चालकलाई थुनामा पठाउन आदेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ट्राफिक प्रहरीलाई ठक्कर दिने बसका चालकलाई थुनामा पठाउन आदेश


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका सई टोपबहादुर खत्रीलाई ठक्कर दिने बसका चालक पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

२० फागुनमा कोटेश्वरमा ड्युटीमा खटिएका खत्रीलाई प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको २७ फागुनमा उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

ठक्कर दिने बसका चालक धनुषाको जनकनन्दनी गाउँपालिका-१ घर भएका ३० वर्षीय नवराज गिरीले गाँजा खाएको देखिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध सवारी ज्यान मुद्दा र गाँजा सेवनको मुद्दा चलाइएको थियो ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले बस चालक गिरीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस