‘प्रचण्ड’का कारण संघीयताको औचित्यमा प्रश्न उठेको मुख्यमन्त्री चौधरीको आरोप « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘प्रचण्ड’का कारण संघीयताको औचित्यमा प्रश्न उठेको मुख्यमन्त्री चौधरीको आरोप


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्थिर चरित्रका कारण देशमा संघीयता रहने कि नरहने भन्न प्रश्न उठेको बताएका छन् ।

बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकमा अस्थिरता निम्त्याएकाले संघीयतामाथि प्रश्न उठेको बताएका हुन् ।

‘प्रचण्ड’को कहिले यता र कहिले उता गर्ने प्रवृत्तिले संघीयतामा ग्रहण लागिसक्यो, व्यवस्था बचाउन सक्छौँ कि सक्दैनौँ भन्नेबारे गम्भीर प्रश्न आएको छ’, चौधरीले भने, ‘तीन-तीन महिनामा कहिले यता फुत्त कहिले उता फुत्त गर्दै सरकार फेरबदल गर्न संघीयता आएको होइन, हामीलाई डुबाउने र सक्ने अवस्था सिर्जना भएको छ ।’

प्रदेश सरकारहरूमा देखिएको अस्थिरताले संविधान र प्रदेशको औचित्य पुष्टि गर्न कठिन भएको र यसबाट अहिलेसम्म हासिल गरेका उपलब्धि गुम्न सक्नेतर्फ चौधरीले सचेत गराए ।

संघले प्रदेशलाई दिँदै आएको बजेट घटाउँदै लगेर संघीयतालाई कमजोर बनाइएको उनले तर्क गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस