२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ खर्ब नाघ्यो शोधनान्तर बचत

अ+ अ-

काठमाडौँ । माघमा रेमिट्यान्समा केही संकुचनले स्थिर देखिएको चालु खाता बचत फागुनमा पुन बढेको छ । चालु आर्थिक वर्ष (आव) को आठ महिना (साउन-फागुन) मा आउँदा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९-८० को सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो । माघमा रेमिट्यान्स चालु आव लागेपछिकै कम १ खर्ब ६ अर्बमा सीमित भएपछि चालु खाता बचत पनि स्थिर भएको थियो । तर फागुनमा रेमिट्यान्स बढेर १ खर्ब २२ अर्ब पुग्दा चालु खाता सँगै शोधनान्तर बचत पनि उल्लेख्य बढेको छ ।

आर्थिक वर्षको ८ महिनामा शोधनान्तर बचत ३ खर्ब नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको फागुनसम्मको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर बचत ३ खर्ब २७ अर्ब ५५ करोड पुगेको छ । गत आवको सोही अवधिमा १ खर्ब ४२ अर्बले बचतमा रहेको शोधनान्तर बचत चालु आवको सुरुवातदेखि नै उल्लेख्य रूपमा बढेको छ ।

यस्तै आर्थिक वर्षको ८ महिनाको अवधिमा पुँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोडले धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ । गत आवको ८ महिनामा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोडले धनात्मक रहेको छ ।