सहसचिव बुद्धिसागर लामिछाने भ्रष्टाचारमा मुछिए, अख्तियारले चलायो मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सहसचिव बुद्धिसागर लामिछाने भ्रष्टाचारमा मुछिए, अख्तियारले चलायो मुद्दा


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सहसचिव बुद्धिसागर लामिछाने भ्रष्टाचारमा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

वाइडबडीको डेढ अर्ब भ्रष्टाचार मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समितिका सदस्य रहेका लामिछानेविरुद्ध मुद्दा दर्ता भएको हो । लामिछाने सचिवमा बढुवा हुने लाइनमा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस