काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका छन् ।
सिंहदरवारमा चलिरहेको बैठकमा चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत ल्याएका योजना कार्यान्वयनबारे छलफल भइरहेको छ ।
संसदीय समितिको बैठकमा प्रधानमन्त्रीले सदस्यहरूले उठाएका प्रश्नको जवाफसमेत दिनेछन् ।







