निगमका नायव महाप्रबन्धक कालाखेतीविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निगमका नायव महाप्रबन्धक कालाखेतीविरुद्ध भ्रष्टाचार मुद्दा


२२ चैत्र २०८०, बिहिबार


अख्तियार

काठमाडौँ । नेपाल वायुसेवा निगमका नायव महाप्रबन्धक जनकराज कालाखेतीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालाखेतीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

जहाज खरिद उपसमिति र प्रस्ताव मूल्याङ्कन उपसमितिमा रही वद्नियत सार्वजनिक खरिद कानुन विपरीत गलत लिखत तयार गरी गराई पेस गरेको आरोप उनीमाथि लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस