दुई पूर्वसचिव अधिकारी र ढुंगानाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई पूर्वसचिव अधिकारी र ढुंगानाविरुद्ध भ्रष्टाचार मुद्दा


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरु शंकर प्रसाद अधिकारी र शिशिर कुमार ढुंगानाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा उनीहरुविरुद्ध बिहीबार मुद्दा दायर भएको हो । अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तत्कालीन सचिव एवं नेपाल वायुसेवा निगममा तत्कालीन संचालक समिति अध्यक्ष रहेका बेला भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको हो ।

यसै गरी ढुङ्गानाले भन्सार विभागमा तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगममा तत्कालीन संचालक समिति सदस्य रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस