नयाँ गठबन्धनलाई साथ दिने भन्दै नाउपाका मन्त्रीले दिए राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नयाँ गठबन्धनलाई साथ दिने भन्दै नाउपाका मन्त्रीले दिए राजीनामा


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशमा काँग्रेस नेतृत्वको गठबन्धनको साथ छोडेर एमाले-माओवादीसहित बनेको गठबन्धनलाई सघाउने निर्णय गरेको छ ।

नाउपा संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरीले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई राजीनामा दिँदै काँग्रेस नेतृत्वको गठबन्धन छाडेको बताए ।

केन्द्रदेखि नै काँग्रेसलाई साथ दिने वा एमाले-माओवादीको नयाँ गठबन्धनलाई साथ दिने विषयमा नाउपामा विवाद छ । लुम्बिनीमा ४ सांसदसहित चौथो दलका रूपमा रहेको नाउपाले नयाँ गठबन्धनमा साथ दिने सहमतिका साथ मन्त्रीबाट राजीनामा दिएको नाउपा दलका नेता धर्मबहादुर चौधरीले बताएका छन् ।

यसअघि जसपाबाट मन्त्री बनेका भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस