काँग्रेसलाई सरकारले भन्यो-गृह मन्त्रीमाथि छानबिन गर्न आवश्यक छैन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेसलाई सरकारले भन्यो-गृह मन्त्रीमाथि छानबिन गर्न आवश्यक छैन


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने कुनै कारण नभएको बताएको छ ।

विपक्षी दल नेपाली काँग्रेसले समिति गठन नगरेर सदन चल्न दिने अडान लिइरहेको बेलामा सरकारकी प्रवक्ता रेखा शर्माले समिति बनाउने पक्षमा नरहेको बताइन् ।

उनले भनिन्, ‘गृहमन्त्रीको विषयमा प्रधानमन्त्री आफैँले संसदमा बोलिसक्नुभएको छ । संसदीय समितिमा पनि गृहमन्त्री आफैँले पनि आफ्नो कुरा राखिसक्नुभएको छ । र, अहिलेसम्म एथेष्ट तथ्य प्रमाणका आधारमा छानबिन समिति बनाउनुपर्ने स्थिति देखिएको छैन । त्यसैले नबनेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस