ऐन संशोधन गर्न बनेको विधेयकलाई एक हप्ताभित्र टुङ्ग्याउनुपर्नेमा मन्त्री गिरीको जोड « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ऐन संशोधन गर्न बनेको विधेयकलाई एक हप्ताभित्र टुङ्ग्याउनुपर्नेमा मन्त्री गिरीको जोड


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा बोल्दै मन्त्री गिरीले सो विधेयकलाई एक हप्ताभित्र टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

उनले संसदको हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै चालू हिउँदे अधिवेशनमै समितिले विधेयकलाई पारित गरेर संसदमा पठाउनुपर्ने बताए । उनले एक हप्ताभित्र पारित गर्ने गरी तिब्रताका साथ काम गर्नुपर्नेमा जोड दिए । चालू अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पुर्‍याउन सके राम्रो उपलब्धि हुने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस