वाइडबडी जहाज खरिद भ्रष्टाचारको फाइल अदालतमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वाइडबडी जहाज खरिद भ्रष्टाचारको फाइल अदालतमा


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दै छ ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायरका लागि अहिले रुजु गर्ने काम भइरहेको छ । केहीबेर अघि अभियोग पत्र विशेष अदालतमा आइपुगेको र रुजु गरेर सकिएपछि मुद्दा दायर हुने उनले बताए ।

जहाज खरिद प्रक्रियामा सामेल तत्कालीन पदाधिकारी सहितलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस