राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने भएका छन् । आज दिउँसो ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने उनले तयारी गरेका हुन् ।

बुधवारसम्म जसपा, लोसपा, राप्रपासहितका साना दलको समर्थनमा बहुमत जुटाउन दौडधुपमा रहेका चौधरीले ती राप्रपाबाहेक अन्य दलको समर्थन पाउने आशा नभएपछि विश्वासको मत नलिएर सम्बोधन गरेर राजीनामा दिन लागेको काँग्रेस निकट स्रोतले जनाएको छ ।

बिहीबार अहिलेसम्म प्रदेश सरकारमा रहेको जसपाको केन्द्रीय समितिले समेत नयाँ गठबन्धनमा सामेल हुन प्रदेश कमिटीलाई निर्देशन गरेसँगै मुख्यमन्त्रीको बहुमत जुटाउने प्रयास असफल भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस