धनगढीमा प्रहरी जवान मृत भेटिए « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

धनगढीमा प्रहरी जवान मृत भेटिए


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । धनगढीमा एक प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर–९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक मृत फेला परेका हुन् ।

बुधबार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए । उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए ।

उनको परिवार धनगढीमा बस्दै आएको थियो । कामबाट बिदा मागेर उनी धनगढी आएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस