धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै


२२ चैत्र २०८०, बिहिबार


गोदावरी (कैलाली) । धनगढी-खुटिया–बिपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी-स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । 

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको  काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए । 

धनगढी-स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो । हाल डोटीको दिपायल तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ । आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ ।

 धनगढी–स्याउले सडक खण्डमा खड्का-कृष्ण–नारायण-बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक रु १६ करोड ४० लाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस