सुरु भयो संघीय निजामती सेवा विधेयकमा सांसदले संशोधन दर्ता गराउने समय  « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

सुरु भयो संघीय निजामती सेवा विधेयकमा सांसदले संशोधन दर्ता गराउने समय 


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सांसदहरूले संशोधन दर्ता गराउने समय सुरु भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकबाट उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएसँगै सांसदहरूले विधेयकमा प्रस्ताव गरिएका व्यवस्थामाथि संशोधन राख्ने समय सुरु भएको हो ।

सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राखेको प्रस्ताव सदनबाट स्वीकृत भएसँगै सांसदहरूका लागि संशोधन पेस गर्न ७२ घण्टाको समय सुरु भएको जानकारी दिएका थिए । सांसदहरूले प्रतिनिधिसभाको विधेयक शाखामा आफ्ना संशोधन पेस गर्न सक्ने सभामुखले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस