खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले खेलाडीहरूलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि सुनाए। ‘पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने उनको भनाइ थियो।

‘नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र हो। खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएको छ। नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरू प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छु।’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस