चेतन अयडीको हत्या आरोपी थप ९ जनालाई थुनामा राख्न आदेश « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

चेतन अयडीको हत्या आरोपी थप ९ जनालाई थुनामा राख्न आदेश


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । चेतन अयडीका हत्या आरोपीमध्ये थप ९ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।  गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा बाजुराका अयडीका हत्या आरोपीलाई जेल चलान गरेको हो । 

जिल्ला अदालत बाजुरामा मंगलबार सकिएको थुनछेक बहसपछि ३३ वर्षीय मोहन बहादुर अयडी, ३३ वर्षीय नर अयडी, २२ वर्षीय लोकेश अयडी, नरेश अयडी, २५ वर्षीय मङ्गल अयडी, २७ वर्षीय नवीन अयडी, २३ वर्षीय जीवन अयडी, ३२ वर्षीय उद्धव अयडी र ४५ वर्षीय पदम बहादुर अयडी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।

अदालतले हत्या आरोपमा संलग्न तीन जनालाई जनही धरौटीमा छोड्न आदेश दिइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस