त्रिभुवन विमानस्थल र भैरहवा विमानस्थलका प्रमुख फेरिए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिभुवन विमानस्थल र भैरहवा विमानस्थलका प्रमुख फेरिए


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न विमानस्थलका प्रमुखहरूको हेरफेर गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् । उनी यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुखमा थिए ।

यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा रहेका प्रतापबाबु तिवारीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा गरिएको छ । भैरहवा विमानस्थल प्रमुख रहेका हंसराज पाण्डेको प्राधिकरण मुख्यालयमा सरुवा भएको छ । उनलाई निरौलाले हेरिरहेको कर्पोरेट विभाग प्रमुखका रूपमा सरुवा गरिएको हो ।

प्राधिकरणकाे बुधवारको निर्णय अनुसार उनीहरूको सरुवा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार यो १२औँ तहका कर्मचारीको नियमित सरुवा हो ।

Tags :
प्रतिक्रिया दिनुहोस