अनावश्यक भुक्तानी मागेपछि धोबिनीमा लफडा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अनावश्यक भुक्तानी मागेपछि धोबिनीमा लफडा


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । पर्साको धोबिनी गाउँपालिकाका कर्मचारी र कार्यपालिका सदस्यबीच लफडा भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह र गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाबीच कुटपिट भएको हो ।

स्रोत नै नभएको भुक्तानी गर्न मिल्दैन भन्दा प्रमुख प्रशासकीय अधिकृत साहमाथि हातपात भएको बताइएको छ । दिनेशले सानो कुरामा विवाद सिर्जना गर्ने र गैरकानूनी भुक्तानी गर्न दबाब दिने गरेको साहले बताए । मंगलबार दिउँसो पनि यही विषयलाई लिएर विवाद भएको थियो ।

कार्यपालिका सदस्य दिनेशले आफूलाई गाली गलौच गर्दै कुटपिट गरेको साहले बताए । सोही क्रममा आफूले पनि प्रतिरक्षा गरेको उनको भनाइ छ । दुवै पक्षबिच कुटाकुट भएको थियो ।

घटनापछि कर्मचारीले काम ठप्प पारेका थिए । प्रहरी कार्यालयमा उजुरी पनि दिएका थिए । कार्यालयमा कर्मचारीका प्रतिनिधि र कार्यपालिका सदस्यबिच बुधवार भएको छलफलमा दिनेशले माफी मागेपछि सहमति बनेको छ । आत्मालोचना गरेर माफी मागेपछि सहमति बनेको हो । कर्मचारी र जनप्रतिनिधिबिचको विवाद छलफलबाट समाधान भएको गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस