महँगो शुल्क असुल्दा पनि शिक्षा मन्त्री अमुक विद्यालयको मात्र प्रचारमा व्यस्त : काँग्रेस सांसद बस्नेत « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महँगो शुल्क असुल्दा पनि शिक्षा मन्त्री अमुक विद्यालयको मात्र प्रचारमा व्यस्त : काँग्रेस सांसद बस्नेत


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले कतिपय निजी विद्यालयले महँगो शुल्क असुलिरहेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अनेक शीर्षकमा विद्यालयहरूले शुल्क असुल्ने र अभिभावकहरूलाई पीडा दिने काम गरिरहेको टिप्पणी गरे ।

‘नानी-बाबुहरू विद्यालय जान पाउँदा खुसी छन् । तर उनीहरूका अभिभावकको दुःख बेग्लै छ । कारण विद्यालयहरूले भर्नाको नाममा महँगो शुल्क असुलिरहेका छन्,’ बस्नेतले भने, ‘विद्यालयले भनेकै पसलमा, भनेकै मूल्यमा पोसाक र किताब किन्नुपर्ने बाध्यता छ । यस्तो विषयमा सरकारले बोल्नुपर्दैन ?’

एक पटक भर्ना भएका विद्यार्थीले सोही विद्यालयको अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन भनिए पनि धेरै निजी विद्यालयले वार्षिक शुल्क असुलिरहेको बस्नेतले बताए । उनले भने, ‘अभिभावक एउटा बच्चाका लागि ६०/७० हजार रुपैयाँ जोहो गर्नुपर्ने तनावमा छन् ।’

यसलाई रोक्ने काम सरकारले नगरेकोमा आक्रोश व्यक्त गर्दै उनले भने, ‘महँगो शुल्क तिर्न नसक्दा अभिभावकहरूले मन लागेको विद्यालयमा आफ्ना छोराछोरी पढाउन सकिरहेका छैनन् ।’

निःशुल्क शिक्षा र शिक्षामा समान अधिकारको नारा कागजमा मात्रै सीमित भएको बस्नेतले बताए । उनले अगाडि भने, ‘अनेक स्टन्ट गर्ने शिक्षा मन्त्री कुनै अमुक विद्यालयको मात्र प्रचारमा व्यस्त हुनुहुन्छ ।’

बस्नेतले शिक्षामन्त्री सुमना श्रेष्ठ आफ्ना मान्छेलाई कसरी जागिर खुवाउने भन्ने मात्र चिन्तामा रहेको आरोपसमेत लगाए । हालै ल्याएको प्रशिक्षार्थी कर्मचारी सम्बन्धी कार्यविधि चोरबाटोबाट आफ्ना मान्छेलाई जागिर खुवाउने प्रपञ्च मात्र भएको बस्नेतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस