काँग्रेसलाई सभामुखले भने-प्रधानमन्त्री र मन्त्रीले समय माग्दा बोल्न दिने अभ्यास छ « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेसलाई सभामुखले भने-प्रधानमन्त्री र मन्त्रीले समय माग्दा बोल्न दिने अभ्यास छ


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र मन्त्रीहरूले संसद्‌मा बोल्न समय माग गर्दा उपलब्ध गराउने अभ्यास रहेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो र कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिबेगर एजेन्डा नबनाउन आग्रह गरेपछि सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सुरूमै समय लिएर काँग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आफूहरूको सहमतिबेगर सदनका एजेन्डा बनाइए कठोर हुने बताएका थिए ।

शर्माले भनेका थिए, ‘यदि प्रमुख प्रतिपक्षको सहमतिबेगर या कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमतिबेगर कुनै पनि प्रस्तुति रोष्ट्रमबाट आकस्मिक रूपमा गर्न लागियो भने त्यसमा फेरि प्रमुख प्रतिपक्षको विनम्रतापूर्वक तर उत्तिकै कठोरतापूर्वक विमति रहने कुरा म पूर्वसूचना आजको हाउसमा सबै भन्दा पहिले गर्न चाहन्छु ।’

विश्वप्रकाश शर्मा बोलेलगत्तै सभामुख घिमिरेले प्रधानमन्त्री र मन्त्रीले समय माग्दा बोल्न दिने अभ्यास रहेको जवाफ फर्काएका हुन् ।

सभामुख घिमिरेले भनेका छन्, ‘प्रधानमन्त्री, मन्त्रीहरू संसद्प्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था हो । प्रधानमन्त्री र मन्त्रीले संसद्‌मा समय माग गर्दा उपलब्ध गराउने हाम्रो प्रचलन, अभ्यास र र व्यवस्था भएको कुरा जानकारी गराउन चाहन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस