गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वासको मत नलिई राजीनामा दिएका हुन् । अब प्रदेश प्रमुखले  संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् । 

सत्ता गठबन्धनले बहुमत जुटाएर दाबी पेस गरे नयाँ सरकार बन्छ । नत्र ठूलो दलको हैसियतले प्रदेश प्रमुखले पाण्डेलाई नै उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नेछन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ सम्म सरकार गठन र गिराउन कुनै भूमिका नखेल्ने स्पष्ट पारिसकेको छ । पाण्डेले विज्ञहरुसँग सल्लाह गरेरै राजीनामा दिएको बताइएको छ । राजीनामा अघि आजै मन्त्रीपरिषद् बैठक बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस