गुजरातलाई हराउँदै फाइनलमा पुग्ने नेपालको लक्ष्य « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गुजरातलाई हराउँदै फाइनलमा पुग्ने नेपालको लक्ष्य


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । भारतमा जारी फ्रेन्डसिप कप टी-२० त्रिकोणात्मक सिरिजमा नेपालले आज गुजरातसँग प्रतिस्पर्धा गर्दैछ । खेल गुजरातको वापीस्थित साई मेघपन मैदानमा नेपाली समय अनुसार पौने ३ बजेबाट सुरु हुनेछ ।

जारी खेलमा नेपाल अपराजित छ । आजको खेलमा पनि नेपाल विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ रनले हराउँदै सिरिजको फाइनल नजिक पुगेको छ ।

नेपालले सिरिजमा लगातार दोस्रो जितसँगै चार अंक बनाएको छ । गुजरातले बरोडालाई पाँच विकेटले हराएको थियो । नेपालले अब शुक्रबार बरोडासँग खेल्नेछ । उत्कृष्ट दुई टिमबीचको फाइनल खेल आइतबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस