कोपा इटालिया : सेमिफाइनलमा युभेन्टस विजयी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोपा इटालिया : सेमिफाइनलमा युभेन्टस विजयी


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । कोपा इटालिया अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्टस विजयी भएको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसले घरेलु मैदानमा जित निकाल्दा फेडरिको चिएसा र डुवान भालोभिकले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५० औं मिनेटमा चिएसाले एन्ड्रिया कामवेसोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा वेस्टन म्याकेनीको पासमा भालोभिकले गोल गरेपछि युभेन्टसले अग्रता दोब्बर बनायो । अब दोस्रो लेग २४ तारिखमा हुने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस