नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो । 

टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिसहरू गम्भीर घाइते छन् । दुर्घटना हुँदा यो नाइट क्लब बन्द रहेको र मर्मत कार्य चलिरहेकाले मृत्यु हुनेमा सबै मजदुरहरू रहेको आशङ्का गरिएको छ । आगो बेसमेन्टको माथिल्लो तलामा पुग्दा त्यहाँ बस्ने केही मानिसहरूको पनि मृत्यु भएको बताइएको छ ।

त्यहाँका गभर्नर दावुत गुलले दुर्घटनालाई षड्यन्त्रको रूपमा आफूले लिएको बताएका छन् । उनले प्रहरीलाई सत्य तथ्य पत्ता लगाउन पनि भनेका छन् । घटनाबारे अनुसन्धानका लागि नाइट क्लबका सञ्चालकसहित ५ जनालाई पक्राउ पनि गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस