अर्को विषयको प्रश्न आएपछि स्थगित भयो अटोमोबाइल इन्जिनियरिङको परीक्षा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अर्को विषयको प्रश्न आएपछि स्थगित भयो अटोमोबाइल इन्जिनियरिङको परीक्षा


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्न आएपछि मंगलबारको अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित भएको छ ।

गलत विषयको प्रश्न आएको विद्यार्थीले बताएपछि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) परीक्षा नियन्त्रण महाशाखाले परीक्षा स्थगित गरेको हो ।

आज ब्याचलर इन अटोमोबाइल इन्जिनियरिङ तेस्रो वर्षको दोस्रो भागको एएम ६५१ अटोमोबाइल कम्पोनेन्ट डिजाइन विषयको परीक्षा थियो ।

त्रिवि आईओई परीक्षा नियन्त्रण महाशाखाले आज स्थगित भएको परीक्षा २८ चैत दिउँसो १ बजे हुने सूचना जारी गरेको छ ।

अटोमोबाइल इन्जिनियरिङ थापाथली इन्जिनियरिङ क्याम्पस, धरान इन्जिनियरिङ क्याम्पस र पोखरा इन्जिनियरिङ क्याम्पस गरी तीन ठाउँमा पढाइ हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस