३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि सेवा आयोगको सदस्य नियुक्तिका लागि मापदण्ड निर्धारण

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य पदमा रिक्त भएको पाँच महिनापछि नियुक्ति प्रक्रिया सुरु भएको छ। नयाँ सदस्य नियुक्तिका लागि यस पटक मापदण्ड नै निर्धारण गरिएको छ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १५ को उपदफा (२) बमोजिम शिक्षामन्त्रीको अध्यक्षतामा बनेको समितिले सेवा आयोगको सदस्य सिफारिस सम्बन्धी कार्यविधि बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव केशव दाहालले बताए । कार्यविधिमा रिक्त पदमा पदपूर्तिका लागि खुला प्रतिस्पर्धा गरिने व्यवस्था गरिएको छ। जसअनुसार खुला आवेदन नै आह्वानको गरिएको छ।

निर्धारित मापदण्डमा बौद्धिक चोरीका आरोपितलाई भने आवेदनमै रोक लगाउने व्यवस्था गरिएको छ।

मापदण्डअनुसार आवेदक कम्तीमा १० वर्ष उच्च शिक्षामा अध्यापनको अनुभव हासिल गरेको प्राध्यापक, कम्तीमा २ वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने उल्लेख छ।

आवेदनसँग विद्यावारिधि उपाधिको प्रमाणपत्र र प्राध्यापक पदमा नियुक्ति पत्रको प्रतिलिपि, प्राज्ञिक अभ्यासको हकमा कम्तीमा अन्तर्गत सूचीकृत जर्नलमा प्रकाशित लेखको विवरण र नेपजोलमा सूचिकृत समकक्ष समिक्षित जर्नलमा लेख प्रकाशन गरेको भए सोको वेबसाइट लिङ्क, उच्च शैक्षिक संस्थाको व्यवस्थापकीय पदमा २ वर्षको अनुभव हासिल गरेको प्रमाणको प्रतिलिपि संलग्न गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउन सेवा आयोगको निष्पक्षता, तटस्थता, गुणस्तर र कार्यक्षमता अभिवृद्धिको निमित्त आगामी रणनीति सम्बन्धी कार्य योजनासहितको तीन हजार शब्दको सोच पत्र, अन्तर्राष्ट्रिय गोष्ठीमा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत गरेको अनुभव भए सोको प्रति र विवरण सहित नेपाली नागरिकताको प्रतिलिपि राखेर आवेदन दिनुपर्ने व्यवस्था पनि मापदण्डमा राखिएको छ।

१० दिनको समय दिएर सम्भावित उम्मेदवारहरूबाट आवेदन आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस