बेलायत पठाउने भन्दै ६ करोड ठगी गर्ने पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बेलायत पठाउने भन्दै ६ करोड ठगी गर्ने पक्राउ


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ। युके (बेलायत) पठाइदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-७ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-७ बस्दै आएका ३७ वर्षीय केदार रहेका चौधरी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनोहराबाट सोमबार पक्राउ गरेको हो ।

चौधरीविरुद्ध सुमन राई समेतका ३५ जना व्यक्तिले जाहेरी दिएका थिए । ९ देखि २० लाख रुपैयाँसम्म लिएर चौधरीले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा जाहेरी परेको थियो ।

आईआरआईएस एक्सपर्ट कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ३५ जनाबाट ६ करोड रुपैयाँ उठाएर ठगी गरेको आरोप उनीमाथि छ । रकम लिएका केही व्यक्तिलाई भने अजरबैजानसम्म पुर्‍याएर अलपत्र समेत पारेको आरोप उनीमाथि छ ।

Tags :
प्रतिक्रिया दिनुहोस