कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत नलिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत नलिने


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ ।

दिउँसो ३ बजेका लागि बैठक बोलाए पनि एमाले र माओवादी केन्द्रका नेताहरुबीच भएको छलफल निष्कर्षमा नपुगेपछि बैठक स्थगित गरिएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच कर्णाली सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ । तर कर्णालीमा मुख्यमन्त्री रहेका माओवादी नेता शर्माले आफूले पद नछोड्ने भन्दै विश्वासको मत लिन प्रदेशसभा बैठक माग गरेका थिए ।

त्यस अनुसार मंगलबार तय भएको बैठक स्थगित गरिएको हो । तर मुख्यमन्त्री शर्माले प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिदिन भन्दै प्रदेश सभालाई पत्र पठाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस