बाबा रामदेव र आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बाबा रामदेव र आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । योग गुरु बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा उनीहरू मंगलबार भारतीय सर्वोच्च अदालतमा हाजिर भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सर्वोच्चले उनीहरूलाई आफ्नो निर्देशनको पालना नगरे कारबाही भोग्नको लागि तयार रहन समेत भनेको छ ।

पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ ।

पतञ्जलीले गत महिना उक्त विषयमा माफी मागे पनि अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।

अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताएका छन् ।

सर्वोच्च अदालतले २७ फेब्रुअरीमा पतञ्जलिलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो ।

साथै सर्वोच्चले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस