६ लाख रुपैयाँसहित भक्तपुरको एक होटेलमा २० जुवाडे पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

६ लाख रुपैयाँसहित भक्तपुरको एक होटेलमा २० जुवाडे पक्राउ


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । भक्तपुरको त्रिशूलडाँडास्थित एक होटेलमा जुवा खेलिरहेको आरोपमा २० जना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरीको टोलीले स्थानीय रुद्राक्ष होटेलको पहिलो तलामा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेको थियो ।

प्रहरीले ६ लाख ७ हजार ५ सय रुपैयाँ र ६ बुक तास पनि बरामद भएको जनाएको छ । आवश्यक अनुसन्धानका लागि होटेल सञ्चालक रेलकुमार तामाङलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीको टोली सोमबार राति साढे १० बजे उक्त होटेलमा पुगेको थियो । जुवा खालबाट उनीहरूलाई नियन्त्रणमा लिइएको भक्तपुर प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिए । उनीहरूमाथि जुवासम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस