बागमतीमा एमालेका चार जना मन्त्रीको शपथ दिउँसो तीन बजे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमतीमा एमालेका चार जना मन्त्रीको शपथ दिउँसो तीन बजे


२० चैत्र २०८०, मंगलबार


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दैछन् । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ ।

चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ । थप एक जना पहिलो पटक मन्त्री बन्दैछन् ।

मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

नेपाली काँग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिन लागेको हो । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस