गणेश पाठकको हत्यामा संलग्न भएको आरोपमा वडासदस्य काठमाडौँबाट पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गणेश पाठकको हत्यामा संलग्न भएको आरोपमा वडासदस्य काठमाडौँबाट पक्राउ


१९ चैत्र २०८०, सोमबार


पक्राउ

काठमाडौँ । रामेछापका गणेश पाठक हत्या घटनामा संलग्न भएको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका-३ का एक वडासदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोरम्बा-३ का वडासदस्य निकोसेरा भनिने ४० वर्षीय लालबहादुर थापा मगर छन् । वडासदस्य थापा मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका-३२ जडिबुटी क्षेत्रबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका वडासदस्य थापा मगरलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापको जिम्मा लगाइएको परिसर स्रोतले जनाकारी दिएको छ ।

गत २० असारमा दोरम्बा सल्लेनी भिरमा ४१ वर्षीय गणेश पाठकको शव भेटिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस