पार्टीभित्रको विवादले तीन महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने परिस्थिति छ : रेशम चौधरी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पार्टीभित्रको विवादले तीन महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने परिस्थिति छ : रेशम चौधरी


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरेका हुन् ।

पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् ।

उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस