६.२६ अंकले घट्यो नेप्से  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

६.२६ अंकले घट्यो नेप्से 


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ६.२६ अंकले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतले घटेको नेप्से २०१२.०७ अंकमा सीमित भएकाे छ । साताको दोस्रो दिन कुल २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार २ सय कित्ता सेयर किनबेच भएको छ ।

कुल ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५१ कम्पनीको सेयर मूल्य घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । गुँरास लघुवित्त वित्तिय संस्था, माइखोला हाइड्रोपावर र माहुली लघुवित्त वित्तिय सङ्ख्याको मूल्य १० प्रतिशत बढ्यो ।

तारागाउँ रिजेन्सी होटलको मूल्य ७.२५ प्रतिशतले बढ्यो । रिभर फल्स पावर कम्पनीको मूल्य १० प्रतिशतले घट्यो । हिमालयन हाइड्रोपावर कम्पनीको मूल्य ६.२७ र अपर लाहोर खोला हाइड्रोपावरको मूल्य ६.१७ प्रतिशतले घट्यो

। कारोबार रकमको आधारमा सर्वोत्तम सिमेन्ट, शिवम सिमेन्ट, गुँरास फाइनान्स अघि रहे । सर्वोत्तम सिमेन्टको ४७ करोड २९ लाख १७ हजार रुपैयाँ, शिवम सिमेन्टको ११ करोडको सेयर किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस