घुससहित पक्राउ परेका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घुससहित पक्राउ परेका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१९ चैत्र २०८०, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालयका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ ।

१५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनलाई अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (क) बमोजिम कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस